ट्रम्पलाई मार्न खोज्दा आफ्नै मृत्यु

ट्रम्पलाई मार्न खोज्दा आफ्नै मृत्यु

अमेरिकी पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति  मारिएका छन् ।

सिक्रेट सर्भिसका अधिकारीहरूको जवाफी कार्वाहीमा उनी मारिएका हुन् । यो समाचार तयार पार्दासम्म गोली प्रहार गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन ।

अमेरिकी सञ्चार माध्यमहरूले सुरक्षा अधिकारीहरूलाई उध्दृत गर्दै गोली प्रहार गर्ने व्यक्ति चुनावी सभामा सहभागी नभएको र नजिकै घरको छानामा भएको जनाएका छन् ।

सिक्रेट सर्भिसका सुरक्षाकर्मीको गोली प्रहारबाट चुनावी सभामा सहभागी एक सर्वसाधारण पनि मारिएका छन् । घटनामा दुईजना मारिएको सिक्रेट सर्भिसले पुस्टि गरेको छ। 

घटनाको बारेमा थप अनुसन्धान भैरेहको सिक्रेट सर्भिसले जनाएको छ ।

टिप्पणीहरू