सिभिलका ऋणीलाई भुक्तानी नगर्न सूचना

सिभिलका ऋणीलाई भुक्तानी नगर्न सूचना
सुन्नुहोस्

समस्याग्रस्त घोषित सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका सञ्चालक तथा कर्मचारीसँग कुनै पनि कारोबार नगर्न अनुरोध गरिएको छ । 

'समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय'ले आज सार्वजनिक सूचना निकालेर सिभिलका ऋणीहरुलाई भुक्तानी नगर्न भनेको हो । समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी अधिकार समितिसँग मात्र हुने भएकाले  जानकारी गराएरमात्र मात्र भुक्तानी दिन सूचनामा भनिएको छ । 

‘ऋणी सदस्यहरुले यस समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्नुहुन साथै साविक सञ्चालक तथा कर्मचारीसँग भुक्तानीसम्बन्धी कुनै पनि कारोबार नगर्नुहुन जानकारी गराइन्छ’, समितिको सूचनामा उल्लेख छ ।  

कार्यायलले सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समितिसमक्ष बुझाउन सञ्चालक तथा कर्मचारीलाई निर्देशन गर्दै कारोबार नगर्न चेतावनी समेत दिएको छ । त्यस्तै, बचतकर्ताहरुलाई पनि बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाण सुरक्षित साथ राख्न भनिएको छ । 

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ गत वर्षको भद्रौमा समस्याग्रस्त घोषित भएको हो । सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको व्यापक गुनासोपछि बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले २०८० भद्रौ २१ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।  

यता, सहकारीका पूर्वसंस्थापक अध्यक्ष इच्छाराज तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठ बचतकर्ताको रकम अपचलन गरेको कसुरमा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

 

टिप्पणीहरू