वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकको नयाँ निर्देशन

वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकको नयाँ निर्देशन
सुन्नुहोस्

चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ‘काउन्टर साइक्लिकल बफर’ अनुसार थप पुँजी कायम गर्नुनपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै विद्यमान बफरलाई शून्य प्रतिशतमा झारिएको छ । 

‘२०८१ साउनदेखि लागू हुने गरी आर्थिक वर्ष २०८१/०८१ का लागि यस्तो बफर शून्य प्रतिशत रहने,’ राष्ट्र बैंकले भनेको छ । यसअघि क्यापिटल एडीक्वेसी फ्रेमवर्क २०१५ अनुसार आर्थिक वर्ष २०८०÷०८१ को अन्त्यसम्म बफरवापत वाणिज्य बैंकहरुले शून्य दशमलब ५ प्रतिशत थप पुँजी कायम गर्नुपर्ने व्यवस्था थियो । 

अर्थ व्यवस्थामा आउने आकस्मिक संकटको प्रभावबाट सुरक्षित राख्न बैंकहरुले अतिरिक्त रुपमा जोहो गर्ने पुँजीको अंश ‘काउन्टर साइक्लिकल बफर’ हो । यस्तै, बैंक तथा वित्तिय संस्थाहरुले २०८४ असार मसान्तसम्म न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले दुई करोड रुपैयाँभन्दा कम र प्रत्यक्ष रुपमा गरिने विपन्न वर्ग कर्जाका लागिसमेत आग्रह गरेको छ । यसअघि एक करोडभन्दा कम रकम तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जा मात्र यस क्षेत्रमा लगानी गर्न पाइन्थ्यो ।

टिप्पणीहरू