एसबिआईका कार्डवाहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट

एसबिआईका कार्डवाहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट

नेपाल एसबिआई बैंकका कार्डवाहकले बुद्ध एयरको हवाई टिकट काट्दा आठ प्रतिशतसम्म छुट पाउने भएका छन् । बुद्ध एयर प्रालिसँग समझदारी गरेसँगै बैंकका डेबिड कार्डवाहक र मोबाइल बैकिङ्ग प्रयोगकर्तालाई उक्त छुट दिन लागिएको हो ।

सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र बुद्ध एयरका सञ्चालक रुपेश जोशीले हस्ताक्षर गरेका छन् । सो क्रममा बैंकका सल्लाहकार छपिराज पक्त, प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, प्रबिनमुनि बज्रचार्यलगायत पनि उपस्थिति भएका थिए । 

एसबिआई बैंकले हाल देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

टिप्पणीहरू