बाइडेनले मैदान छाडेपछि कमलालाई फाेन

बाइडेनले मैदान छाडेपछि कमलालाई फाेन

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले कमला ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रुपमा समर्थन गरेका छन् ।

आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीकी नेतृ तथा वर्तमान उपराष्ट्रपति कमलालाई पूर्वराष्ट्रपति ओबामाले समर्थन दिएका हुन् । पत्नी मिचेल र आफूले आज कमलालाई फोन गरेर शुभकामना दिएको उनले जानकारी गराएका छन् । 

फोनवार्ताको समाचारले अन्तराष्ट्रिय मिडियामा निकै महत्व पाएको छ । फोनमा ओबामाले कमलालाई भनेका छन्, 'मलाई तिमीप्रति गर्व छ । यो निर्वाचन ऐतिहासिक हुनेछ । तिमीलाई जिताउन म हरप्रयास गर्नेछु ।' 

जवाफमा कमलाले 'तपाईले फोन गर्नुभयो, यसले मेरो लागि ठूलो अर्थ राख्छ । म पनि चाहन्छु कि तपाईको आर्शिवाद लागोस् ।'

हालका राष्ट्रपति जो बाइडेनले आगामी निर्वाचनमा आफू नदोहोरिने घोषणा गरेपछि डेमोक्रेटिक पार्टीबाट सम्भावित उम्मेद्वारको रुपमा कमला चर्चामा छिन् । यद्यपि, औपचारिक रुपमा उम्मेद्वार घोषणा भने गरेको छैन । 

डेमोक्रेटिक पार्टीले आगामी अगस्ट १ देखि ७ सम्म सिकागोमा राष्ट्रिय सम्मेलन गर्दैछ । जहाँ चार हजार प्रतिनिधि सहभागी हुदैछन् । यो सम्मेलनले उम्मेद्वार घोषणा गर्ने सिएनएनले जनाएको छ । 

कमलाको औपचारिक उम्मेद्वारी घोषणा नहुँदै चर्चित नेताहरुले शुभकामना दिन थालिसकेका छन् । यसअघि नै समर्थन जनाइसकेकी पूर्वमन्त्री हिलेरी क्लिन्टनले समाजिक सञ्जालमा कमलाको प्रंशास गर्दै लेखेकी छन्, 'म कमला ह्यारिससँग लामो समयदेखि परिचित छु । उनी बौद्धिक र प्रतिभाशाली वकिल मात्रै होइनन्, स्वतन्त्रलाई खतम गर्न डोनाल्ड ट्रम्प ल्याएको प्रोजेक्ट २०२५ विरुद्ध लड्न सक्ने एक बलियो योद्धा पनि हुन् ।'

त्यसो त, कमलालाई राष्ट्रपतिमा निर्वाचित हुन त्यति सहज भने देखिंदैन । रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति  डोनाल्ड ट्रम्पलाई अगाडि सार्ने निधो गरिसकेको छ । कमलाको तुलनामा उनलाई बलियो प्रतिष्पर्धी मानिएको छ । 

ट्रम्पसँगको प्रतिष्पर्धामा कमलाले जीत हात पारे उनी अमेरिकाको इतिहासमै पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।

टिप्पणीहरू