दुर्गा प्रसार्ईंलाई हिरासतमै राखेर उपचार गराउन आदेश
फाइल फाेटाे
राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंको उपचारको प्रबन्ध मिलाउन अदालतले आदेश दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनलाई तत्काल तारेख वा हाजिर जमानीमा छाड्न नमिल्ने पनि आदेशमा उल्लेख छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेख वा हाजिर जमानीमा छाड्न नमिल्ने आदेश दिएको हो । उनले उपचारको व्यवस्था मिलाउन निवेदन दिएका थिए ।
ज्यानसम्बन्धी कसुरमा बयान गर्न बाँकी रहेकाले उनलाई हाजिर जमानीमा छाड्न नमिल्ने अदालतको आदेशमा उल्लेख छ । चैत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । उक्त प्रदर्शनको उनी कमाण्डर तोकिएका थिए ।
टिप्पणीहरू