तीन दिन नबित्दै उल्टियो सचिव सरुवा

तीन दिन नबित्दै उल्टियो सचिव सरुवा

सरकार आफैँले गरेका महत्वपूर्ण निर्णय र सरुवा केहीबेर पनि अडिन सक्दैन भन्ने अर्को उदाहरण पछिल्लो सचिव हेरफेरबाट छर्लङ्ग भएको छ । गत बुधबार मन्त्रिपरिषद् बैठक बसेर सरुवा र हेरफेर भएका सचिवहरु आज अन्यत्र साँटफेर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै फेरि सामान्य प्रशासनमै सरुवा गरिएका सचिव यादव कोइरालालाई आज फेरि सारिएको छ ।

कोइरालाले पटक पटक एकै मन्त्रालयमा अनिच्छा देखाएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सारिएको छ भने बुधबार काठमाडौँ महानगरपालिकाबाट संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुर्‍याइएका एकनारायण अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सारिएको छ । सचिव सरुवा सरकारको अभिलेखमा रेकर्ड हुने काम हो तर हाल भएको सरुवाले सरकारको निर्णय कच्चा सावित भएको छ ।

आज साँटफेर भएका सचिवहरुको पदबहाली भोलि हुँदैछ ।

टिप्पणीहरू