भावुक मन्तव्य दिएका सचिवलाई खादा र माला

भावुक मन्तव्य दिएका सचिवलाई खादा र माला

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य अवकाशमा गएका छन् । तीन दशक सरकारी सेवामा रहेका उनलाई आज मन्त्री दीपक खड्काले खादा–माला लगाएर बिदाइ गरेका हुन् । 

आचार्यलाई बिदाइ गर्न आज मन्त्रालयमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मन्त्री खड्कासहित ऊर्जा राज्यमज्त्री खामबहादुर गर्बुजा र मन्त्रालयमा कर्मचारीले संयुक्त रुपमा आचार्यलाई बिदाइ गरेका हुन् । 

कार्यक्रममा मन्त्री खड्काले आचार्यलाई ‘इमान्दार’ र ‘लगनशील’को उपमा दिए । उनले भने, ‘उहाँजस्तो कर्मठ कर्मचारी निकै कम हुन्छन्, उहाँको लगनशिलता र इमान्दारिता अरु कर्मचारीको लागि प्रेरणा बन्नसक्छ ।’

गत वर्ष असोज ६ गतेबाट ऊर्जा मन्त्रालयमा रहेका आचार्यले कार्यक्रममा भावुक मन्तव्य दिएका थिए ।

टिप्पणीहरू