भेटिएन सुनकोशीमा खसेको भ्यान
अरनिको राजमार्गबाट सुनकोशी नदीमा खसेको गाडीसँगै चालक बेपत्ता भएका छन् ।
आज बिहान साढे ५ बजेतिर दूध संकलनका लागि जाँदै गरेको बा १२ च ६५९४ नम्बरको डेलिभरी भ्यान सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित सडकबाट ५० मीटर तल सुनकोशी नदीमा खसेको थियो । उक्त गाडी काभ्रेपलाञ्चोकका नवराज खुलालले चलाएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलले बताए ।
उनका अनुसार गाडी र चालकको खोजीका निम्ति नेपाली सेना, सशस्त्र प्रहरी बल, प्रहरी र स्थानीयसहितको टोली घटनास्थलमा खटिएको छ । तर, अहिलेसम्म गाडी र चालक फेला परेका छैनन् ।
‘खोजी जारी छ । तर, अहिलेसम्म भेटिएको छैन’, जनआस्थासँग खरेलले भने, ‘प्रहरीका १० जना, सेना र सशस्त्रसहित स्थानीयको टोली घटनास्थलमा खटिएको छ ।’
टिप्पणीहरू