राजश्वको छापामा २३ बोरा कपडा

राजश्वको छापामा २३ बोरा कपडा

मनिष गुप्ता

राजश्व अनुसन्धान कार्यालय बुटवलले कपिलवस्तुमा अवैध २३ बोरा कपडा बरामद गरेको छ । शिवराज नगरपालिका–५, कटनीको एक घरमा लुकाएर राखिएको उक्त परिमाणको कपडा फेला पारिएको बताइएको छ ।

विशेष सुराकीका आधारमा राजश्व अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो उक्त घरमा छापा मारेको थियो। छानबिनका क्रममा घरभित्र लुकाइराखिएको अवस्थामा २३ बोरा कपडा फेला परेको हो ।

बरामद गरिएको कपडाको स्रोतबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रमुख सुवास श्रेष्ठले जानकारी दिए । राजस्व छलेर भारतबाट नेपाल ल्याइएको आशंकामा कपडा बरामद गरिएको हो । यसमा संलग्न व्यक्तिमाथि अनुसन्धानपछि कानुनबमोजिम कारबाही अघि बढाइन कार्यालयले जनाएको छ।

टिप्पणीहरू