भदाै २४ गतेकाे जेन जी विध्वंशमा अराजक गतिविधिमा संलग्न चार जना युवक पक्राउ परेका छन्। पक्राउ परेका सबैको उमेर २० देखि २७ वर्षभित्रको रहेको प्रहरीले जनाएको छ । याे उमेरलाइ ‘जेन–जी’ उमेर समूह भनिन्छ ।
प्रहरीका अनुसार, काठमाडौं चन्द्रागिरी–१२ बलम्बुका २० वर्षीय तीर्थमान तामाङ, बानेश्वरका २७ वर्षीय भुवन शाही, सुकेधाराका २२ वर्षीय अलिष श्रेष्ठ र मनमैजुका २७ वर्षीय सौरभ तामाङलाई नियन्त्रणमा लिइएको हो।
यी सबै आगजनी, लुटपाट, तोडफोड र हत्याजस्ता अपराधमा संलग्न भएको प्रहरी अनुसन्धानमा खुलेको छ।
तीर्थमानले प्रहरी प्रभाग बलम्बुमा आगजनी र तोडफोड गरेको, अलिष र सौरभले प्रहरी जवान उत्तम थापाको हत्या र महाराजगञ्ज वृत्तमा आगजनी गरेको, र भुवनले गौशाला वृत्त र ग्लोबल कलेजमा लुटपाट गरेको पाइएको छ।
भुवन शाही पूर्वसैनिक हुन् । उनी २०७४ सालमा नेपाली सेनामा भर्ना भए पनि नक्कली चालक अनुमति पत्रको कारण २०७५ सालमा सेनाबाट बर्खास्त भएका थिए।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ।