प्रहरी चौकी जलाउनेहरुलाई आपराधिक उपद्रवमा मुद्दा

प्रहरी चौकी जलाउनेहरुलाई आपराधिक उपद्रवमा मुद्दा

जेन जी आन्दोलनका क्रममा नवलपुरको हुप्सेकोट प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सात जना पक्राउ परेका छन् । हुप्सेकोट गाउँपालिका–१ बेलुवा स्थित प्रहरी चौकी भवन र सवारीसाधनमा तोडफोड तथा आगजनी गरेर क्षति पुर्याएको घटनामा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकामा हुप्सेकोट गाउँपालिका–१ का ३० वर्षीय नरबहादुर विक, ३२ वर्षीय चुमबहादुर राना, ४२ वर्षीय मिनबहादुर थापा, ३८ वर्षीय अमरबहादुर कामी, १८ वर्षीय ईश्वर सिंह ठकुरी, १९ वर्षीय होमबहादुर थापा क्षेत्री र ३८ वर्षीय शुभलाल थापा हुन् ।

पक्राउ परेका सबैलाई नवलपुर जिल्ला अदालत (नवलपरासी बर्दघाट सुस्ता पूर्व) बाट चार दिनको म्याद थप गरी आपराधिक प्रवेश र आपराधिक उपद्रव मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

टिप्पणीहरू