बढुवा भएका दश कर्णेललाई कता पुर्याइयो ?
नेपाली सेनाले प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका दश जनाको सरुवा गरेको छ । अघिल्लो सोमबारको क्याबिनेट निर्णयबमोजिम बढुवा भएका उनीहरुलाई सेनाले विभिन्न अड्डामा खटाएको हो ।
जसअनुसार पूर्वी कमाण्ड समन्वय ईकाईमा कार्यरत गुप्तबहादुर कुँवरलाई सैनिक सचिव विभाग (अतिरिक्त समूह) ल्याइएको छ । नम्बर २ बाहिनी अड्डा (पूर्वी पृतना हेडक्वार्टर) का भगवान थापामगर पूर्वी पृतना हेडक्वार्टर सरुवा भएका छन् ।
महासेनानी रघुनाथ पौडेल पश्चिम पृतना हेडक्वार्टर आएका छन् । उनी यसअघि नम्बर २२ बाहिनी अड्डा (पश्चिम पृतना हेडक्वार्टर) मा थिए । सूचना प्रविधि निर्देशनालय (नं.२८ बाहिनी) का रन्जनकुमार कार्की सहायक बाहिनीपति, नम्बर २८ बाहिनी अड्डामा सरुवा भएका छन् ।
नम्बर २८ बाहिनी अड्डा (नीति तथा योजना निर्देशनालय) का विज्ञान खनाललाई नीति तथा योजना निर्देशनालय पुर्याइएको छ भने सुवास केसी सहायक बाहिनीपति, नम्बर १९ बाहिनी अड्डा ल्याइएका छन् । उनी यसअघि स्वास्थ्य सेवा महाशाखा (नं.४ बाहिनी अड्डा) मा कार्यरत थिए ।
निरीक्षण निर्देशनालय (नं.१९ बाहिनी अड्डा) का अनिल उपाध्याय सहायक बाहिनीपति, नम्बर १९ बाहिनी अड्डामा सरुवा भएका छन् । प्रधानसेनापतिको कार्यालय (युद्धभैरव गण) मा कार्यरत सुरज राउतले भने अब गणपति, युद्धभैरव गण सम्हाल्ने भएका छन् ।
यसैगरी, वीरेन्द्र अस्पताल (सैनिक कल्याणकारी निर्देशनालय) का उदयबहादुर लामिछाने सैनिक कल्याणकारी निर्देशनालय आएका छन् । सैनिक अभिलेखालय (नं.२५ बाहिनी अड्डा) का सोनिक गुरुङलाई सहायक बाहिनीपति, नम्बर २५ बाहिनी अड्डा लगिएको छ ।
टिप्पणीहरू