एन्फा कम्प्लेक्समा आन्दोलनकाे तयारी
फाइल फाेटाे
शहीद स्मारक लिगका क्लबहरु आन्दोलनमा उत्रिने भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भोलि क्लबहरुले आन्दोलन चर्काउने भएका हुन् ।
बिहीबार बिहान ९ बजे उनीहरुले एन्फा कम्प्लेक्समा धर्ना दिने बताइएको छ । उनीहरुले लिगका सम्पूर्ण प्रतियोगिता समयमै गर्नुपर्ने, एक डिभिजन क्लबहरुसँगको सम्झौता कार्यान्वयन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिग प्रतियोगिता सञ्चालनको माग राखेका छन् ।
यसअघि नेपाल फुटबल खेलाडी संघले पनि एन्फा कम्प्लेक्स गेटमा धर्ना दिएको थियो । उनीहरुले पनि ए डिभिजन लिग तुरुन्त गर्न र नियमित घरेलु फुटबलको माग गरेका थिए ।
टिप्पणीहरू