सबै श्रेणीहरू

‘क्याटवाक’पछि बालेनकाे फेहरिस्त

‘क्याटवाक’पछि बालेनकाे फेहरिस्त

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहकी श्रीमती सविना काफ्ले झापा पुगेकी छन् । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बनेका बालेनको चुनावी प्रचारमा सहभागी हुन गएकी हुन् । 

सविनाले आज दिनभर स्थानीय मतदातासँग श्रीमानको लागि भोट माग्दै अनौपचारिक छलफल गरेको बुझिएको छ ।  ‘सब्लिमिनल क्याम्पेन’ चलाएकी उनले स्थानीय मतदातासँग बालेनले काठमाडौँ महानगरको मेयर हुँदा गरेका कामहरुको फेहरिस्त सुनाएको बताइन्छ । 

सविनाले अस्ति विभिन्न डिजिटलमार्फत् आधा मिनेटको ‘क्याटवाक’ भिडियो सार्वजनिक गरेकी थिइन् । जसमा उनले दरबारमार्गमा बालेनले पैसाको खोलो बगाएर बिछ्याएको टायलको प्रचार गरेकी छन ।  धेरैले उनलाई ‘मोडलिङ लुक्स’ प्रस्तुत गरेको अनुमान गरे पनि ‘सब्लिमिनल क्याम्पेन’ काे भेउ पाउन सकेनन् । नागरिकलाई विचार निर्माणमा भन्दा पनि बहकाउन प्रयोग हुने उक्त क्याम्पेनबारे जनआस्थाको अनलाइन संस्करणमा यसअघि नै समाचार प्रकाशित भइसकेको छ ।

याे पनि....

बालेन पत्नी सबिनाले किन हालिन् यस्तो भिडियो ?