टेरामक्स प्रकरणमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्धामा सुनुवाइ चलिरहेको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा अहिले सुनुवाइ जारी छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा सवा तीन अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २ गते बस्नेतसहित १९ जनाविरुद्ध मुद्धा दर्ता गरेको थियो ।
असार दोस्रो साता २५ लाख धैराटीमा रिहा भएका बस्नेत र अन्य प्रतिवादीविरुद्ध कुल ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ विगाे कायम गरिएकाे छ ।