चुनावअघि टाइफाइडको खोप लगाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ ।
चैत २५ देखि वैशाख १८ गतेसम्म उनीहरुलाई टाइफाइडविरुद्धको खोप लगाइने तयारी गरिएको हो ।
मन्त्रालयले सम्बन्धित अभिभावकलाई नजिकैको खोप केन्द्रमा उक्त खोप लगाउन आग्रह गरेको छ । टाइफाइड विरुद्धको खोप अभियानमा बालबालिकालाई एक मात्रा खोप प्रदान गरिने छ ।
मन्त्रालयका प्रवक्ताले अबदेखि उक्त खोपलाई पनि नियमित खोप कार्यक्रममा समावेश गर्ने निर्णय भइसकेको बताएका छन् ।
टिप्पणीहरू