प्रधानमन्त्रीविरुध्द दिनभर नारा लगाइने

प्रधानमन्त्रीविरुध्द दिनभर नारा लगाइने

आमरण अनसनमा बसेकी अभियन्ता तारा बरालको जीवन रक्षा गर्नुपर्ने मागसहित आज उनका समर्थकहरुले प्रधानमन्त्री शेरबहादुर देउवा,गृहमन्त्री बालकृष्ण खाँण र महिला, बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीविरुध्द दिनभर नाराजुलुस गर्ने भएका छन् ।

उनीहरुले बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म सिंहदरबारबाहिर नारा जुलुस गर्ने बताएका छन् । हिजो उनै बरालको जीवन रक्षा गरिदिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका थिए ।

बराल आमरण बसेपछि उपचारको निम्ति अघिल्लो साता वीर अस्पताल लगिएको छ । उनी त्यहिँ अनसन बसेपछि जीवन रक्षाको निम्ति अरुले आग्रह गरेका हुन् ।

गत मंसिरमा पनि उनी सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको समर्थनमा कानुन व्यवसायीहरुलाई कारबाहीको माग गर्दै आमरण बसेकी थिइन् । वीर अस्पतालको आईसीयुमा सरकारी प्रतिनिधिहरुसँग सहमतिपछि उनले अनसन तोडेकी हुन् ।

टिप्पणीहरू