नेपालले बिदामय मुलुकको परिचय बनाउँदै

नेपालले बिदामय मुलुकको परिचय बनाउँदै

कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएको छ । त्यहाँको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशभर लागु हुनेगरी यो वर्ष २०७९ मा संघीय सरकारले तोकेको र शनिबार बाहेक सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो ।

धान दिवसको बिदा १५ असारका दिन जुम्लाबाहेकका नौ जिल्लामा मात्रै लागु हुनेछ भने जुम्लामा १२ चैतमा बिदा हुने छ ।

साउने संक्रान्ति तथा देउडा पर्व साउन १ गते,नाग पञ्चमी साउन १७ गते,प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४ गते, कोजाग्रत पूर्णिमा असोज २३ गते, रामनवमी चैत १६ र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशीका दिन जुम्ला जिल्लामा मात्र बिदा दिने निर्णय गरिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर ती बिदा सार्वजनिक गरेको हो ।

टिप्पणीहरू