‘एमालेभित्र पनि यस्ता मान्छे रहेछन्’
आफ्ना विपक्षी र विरोधीसँग हात मिलाउनु धेरै टाढा,सँगै कार्यक्रममा समेत उपस्थित हुन हिच्किचाउने एमाले अध्यक्ष केपी शर्मा ओलीका पार्टीमा केही नेता तथा कार्यकर्ता सामाजिक भावनाले ओतप्रोत भएका समेत पाइएको छ । नुवाकोटको विदुर नगरपालिकामा पराजित एमाले उम्मेदवारले विजयी नेपाली काँग्रेसका उम्मेदवारलाई एक महिनाअघि आफू बसेको कुर्सी र कोठामा पुगेर बधाई ज्ञापन गरेपछि नुवाकोटका काँग्रेसीहरु अचम्मित भएका छन् ।
‘आलुको बोटमा गोलभेंडा भनेको यहि हो कि क्या हो । अध्यक्ष त्यस्ता हुनुहुन्छ, कार्यकर्ता यस्ता । यसले नगरभित्रको राजनीतिक संस्कारमा सकारात्मक योगदान दिएको पाइयो ।’
अघिल्लो चुनावमा फराकिलो मतान्तरले विजयी भएका एमाले उम्मेदवार तथा पूर्व मेयर सञ्जु पण्डित यसपटक काँग्रेसका उम्मेदवारसँग झन् धेरै अन्तरले पराजित भए । पहिले एमालेले मेयर र उपमेयर दुबै जितेको थियो ।
यस पटक काँग्रेसका राजन श्रेष्ठ मेयरमा र माओवादी केन्द्रकी प्रभा बोगटी उपमेयरमा विजयी भएका छन् । उनै श्रेष्ठलाई बधाई दिन हिजो पण्डित मेयरको कार्यकक्षमा पुगेका हुन् । हार्दिकतासाथ बधाई र धन्यवाद साटासाट गरेपछि उपस्थित काँग्रेसीहरुले भने, ‘आलुको बोटमा गोलभेंडा भनेको यहि हो कि क्या हो । अध्यक्ष त्यस्ता हुनुहुन्छ, कार्यकर्ता यस्ता । यसले नगरभित्रको राजनीतिक संस्कारमा सकारात्मक योगदान दिएको पाइयो ।’
टिप्पणीहरू