भड्किलो तीज मनाउन प्रशासनको रोक

भड्किलो तीज मनाउन प्रशासनको रोक

जिल्ला प्रशासन कार्यालय तनहुँले खर्चिलो तथा भड्किलो शैलीमा हरितालिका तीज नमनाउन आग्रह गरेको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदैं गर्दा प्रशासनले खर्चिलो कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

जिप्रका तनहुँले आज सूचना जारी गर्दै आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्धन गर्ने बाहेक कुनै पनि खालका खर्चिला कार्यक्रम सञ्चालन नगर्न/नगराउन भनेको छ ।

चाडपर्व मनाउने नाममा अत्यन्तै खर्चिला तथा भड्किला कार्यक्रम हुने गरेको गुनासो आइरहेको प्रशासन कार्यालयले जनाएको छ । भनेको छ, ‘आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्धन गर्नेबाहेक अन्य कुनै पनि खालका खर्चिला तथा मँहगा गतिविधिसंग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न नगराउनुहुन सम्पूर्ण जिल्लावासीहरुमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’

टिप्पणीहरू