भारतीय राजदूतले धरान पुगेर भने ‘गहुँ र चिनीमा लगाइएको प्रतिबन्ध हट्छ’
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने विषयमा कुराकानी भइरहेको बताएका छन् । धरानमा उद्योग वाणिज्य संघ, सुनसरीको हिजोको कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले उक्त जानकारी दिएका हुन् ।
यसअघि राजदूत नवीन श्रीवास्तव, प्रवक्ता नवीन कुमार, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादव बुद्ध एयरको उडानबाट हिजो बिहान पौने ८ बजे विराटनगर गएको उद्योग वाणिज्य संघ, सुनसरी स्रोतले बताएको छ ।
टिप्पणीहरू