महिलामाथि कुटपिट गरेको आरोपमा २८ जना पक्राउ
चीनमा चार महिलालाई कुटपिट गरेको,लात हानेको भन्दै दुई दर्जन बढी पुरुषमाथि अभियोग लगाइएको छ । चीनले महिलामाथि कुटपिट गरेको अभियोग २८ जनामाथि लगाएको छ ।
गत जुनमा थाङशान शहरस्थित एक रेस्टुरेन्टमा चार जना महिलालाई कुर्सी र लात्ताले हान्दै घिसारिएको थियो ।
आफूलाई गलत नियतले छोएको भन्दै एक महिलाले पुरुषलाई हप्काएपछि रेस्टुरेन्टमा खैलाबैला मच्चिएको थियो । पुरुषलाई सजाय दिनुको साटो पीडित महिलासहित अन्य तीन जनामाथि हातपात भएपछि घटनाले उग्र रुप लिएको बताइन्छ ।
घटनासँग सम्बन्धित क्यामेरा फुटेजले चीनमा महिलामाथि भएको पछिल्लो हिंसालाई लिएर आक्रोश फैलाएको छ । सरकारी अधिकारीहरुकाअनुसार शहरमा स्थानीय गिरोहको आपराधिक गतिविधिमा व्यापक अनुसन्धानपछि २८ जनामाथि उक्त अभियोग लगाइएको हो ।
हाल आरोप लागेका ती सबै पुरुष सन् २०१२ मा विभिन्न स्थानमा विभिन्न अपराधमा संलग्न भएको प्रमाण फेला पारिएको छ । उनीहरुलाई लुटपाट, आक्रमण,अवैध क्यासिनो सञ्चालनदेखि समाजमा आतंक फैलाएको आरोप लागेको थियो ।
टिप्पणीहरू