एम्बुलेन्स सेवाको निम्ति चौरजहारीमा कल सेन्टर

एम्बुलेन्स सेवाको निम्ति चौरजहारीमा कल सेन्टर

नगरवासीलाई आपतकालीन सेवाको लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कल सेन्टरको स्थापना गरेको छ । नगरपालिकाले नगरबासीलाई एम्बुलेन्स सेवाको सहजताका लागि कल सेन्टर स्थापना गरिएको बताएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले एम्बुलेन्स सेवा तथा अन्य आपतकालीन सेवाको व्यवस्थित र सहज पहुँच स्थापनाको निम्ति सम्पर्क केन्द्रको स्थापना गरिएको बताए ।

ती सेवाका लागि सर्वसाधारणले ९८५८०६७२११ मोबाइल नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सक्ने उनको भनाइ छ ।

टिप्पणीहरू