कुपण्डोलबाट चुपचाप निस्किए रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीचको वार्ता सकिएको छ ।
साढे दुई घण्टा लामाे वार्ता सकेर रवि भर्खरै कुपण्डाेलस्थित कुमार बेनको घरबाट निस्किएका छन्।
आज के विषयमा छलफल भयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले जवाफ दिएनन् । उल्टै प्रतिप्रश्न गरे, ‘मेरो अनुहारले के बताइरहेको छ ?’
रवि निस्किएपछि पनि अहिले बालेन, पूर्व सांसद अमरेश कुमार सिंह र केही जेनजी अभियन्ताबीच छलफल चलिरहेको बताइएको छ ।
पुराना पार्टीका असन्तुष्ट नेता, अभियन्ता, कलाकार लगायत विभिन्न क्षेत्रका भाइरल अनुहारलाई समेटेर वैकल्पिक शक्ति निर्माणमा जुटेका बालेन हिजोदेखि भेटघाटमा व्यस्त छन् । उनले आजै कुमालन घिसिङ र सुदन गुरुङ लगायतसँग पनि भेटेका थिए ।
टिप्पणीहरू