नेकपा एसले गर्यो रुकुमबाट सिफारिस

नेकपा एसले गर्यो रुकुमबाट सिफारिस

नेकपा एकीकृत समाजवादी रूकुम पश्चिमले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।

मुसिकोटमा बसेको पार्टीको निर्वाचन समन्वय कमिटी ‘क’ र ‘ख’ को संयुक्त बैठकले प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले प्रतिनिधि सभाको लागि ठगेन्द्रप्रकाश पुरी, देवी ओली र माधव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिए ।

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘क’ को लागि हरिप्रसाद शर्मा, सुरजकुमार परियार, सिताराम देवकोटा र भगवती शाहीको नाम सिफारिस गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को निम्ति शेरबहादुर केसी, कल्याणी खड्का, रविन्द्र बिष्ट र चिना बिकको नाम सिफारिस गर्ने निर्णय गरेको छ । जिल्लामा रहेका अन्य दलभन्दा पहिले नेकपा एकीकृत समाजवादीले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

रुकुम पूर्वबाट पनि सिफारिस

नेकपा एकीकृत समाजवादी रुकुम पूर्वले पनि आगामी संघ र प्रदेशसभा निर्वाचनमा आकांक्षी उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट भीउमान घर्ती मगर, सुनिता बुढा, भागीप्रसाद बिक र काँशिराम पुनको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट भुवनेश्वर उपाध्याय, ललिता बुढा, केशव शाह र बसन्त गौतमको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि टिकाराम उपाध्याय, मोहनबहादुर केसी, भक्त केसी र भारती नेपालीलाई उम्मेदवारको निम्ति प्रदेश कमिटीमा सिफारिस गरिएको एकीकृत समाजवादी रुकुम पूर्वले जानकारी दिएको छ।

साथै संघीय र प्रदेशसभा निर्वाचन परिचालनको लागि जिल्ला अध्यक्ष भीउमान घर्ती मगरको संयोजकत्वमा एक सय पाँच सदस्यीय निर्वाचन परिचालन कमिटीसमेत गठन गरिएको छ ।

टिप्पणीहरू