खर्च विवरण नबुझाउनेलाई स्पष्टीकरण सोधियो
स्थानीय तह निर्वाचन २०७९ का उम्मेदवारहरुले खर्च विवरण बुझाउन आलटाल गरेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान भए पनि उम्मेदवारहरुले अटेर गरेपछि आयोगले सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । आयोगले सफाइसहित सात दिनभित्र स्पष्टीकरण सम्बन्धित प्रदेश, जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पेश गर्न भनेको छ ।
कुन कुन कारणले विवरण नबुझाएको हो ? कारणसहित स्पष्टीकरण बुझाउन आयोगद्वारा आज जारी सूचनामा उल्लेख छ । आफूलाई कारबाही गर्न नपर्ने कारण भए सो पनि खुलाउन आयोगले भनेको छ । आयोगका अनुसार ८५ प्रतिशतले अझैपनि चुनावी खर्च विवरण बुझाएका छैनन् ।
आयोगले हिजो उनीहरुको नामावलीसमेत सार्वजनिक गरिसकेको छ । आयोगले यसअघि पनि उम्मेदवारहरुलाई स्पष्टीकरण सोधेको थियो ।
टिप्पणीहरू