पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प, सामुद्रिक आँधीको चेतावनी
दक्षिण पश्चिमी प्रशान्त महासागरीय टापु देश पपुवान्यूगिनीमा ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि अमेरिकी राष्ट्रिय आँधी चेतावनी केन्द्रले सामुद्रिक आँधीको चेतावनी दिएको छ ।
भूकम्पपछि झन्डै एक हजार किलोमिटर टाढाको इन्डोनेसियासम्म आँधीले प्रभाव पार्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।
आज बिहान कैनान्टु सहरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ । सो सहरमा साढे आठ हजार जनसंख्या रहेको बताइन्छ । तर भूकम्प र आँधीबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।
टिप्पणीहरू