प्रधानमन्त्रीको सट्टा रक्षा सचिवसँगै दुई तारे जर्नेल गुजराततिर

प्रधानमन्त्रीको सट्टा रक्षा सचिवसँगै दुई तारे जर्नेल गुजराततिर

रक्षासचिव किरणराज शर्मा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरात जानुभएको छ । उहाँ नेपाल वायुसेवा निगमको उडान आर ए २१७ बाट दिउँसो सवा २ बजे नयाँ दिल्ली हुँदै त्यसतर्फ जानुभएको मन्त्रालय स्रोतले बताएको छ ।

उहाँ भोलिदेखि आगामी शनिवारसम्म गुजरातमा हुने सुरक्षासम्बन्धी कार्यक्रममा भाग लिन जानुभएको हो । शर्मासँगै नेपाली सेनाका उपरथी प्रदिपजंग केसी पनि जानुभएको छ ।

गुजरातमा सेकेण्ड इण्डियन ओसन रिजन डिफेन्स मिनिस्टर्स प्लस कन्क्लेभ २०२२ को आयोजना गरिएको छ । रक्षा मन्त्रीले भाग लिनुपर्ने उक्त सम्मेलनमा उक्त मन्त्रालयको कार्यभार मीनेन्द्र रिजालको राजीनामापछि स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आउनुभएको हुँदा सचिवलाई पठाइएको हो ।

टिप्पणीहरू