जिल्लाका काँग्रेस उम्मेदवारविरुद्ध राजधानीमा मूर्दावादको नारा

जिल्लाका काँग्रेस उम्मेदवारविरुद्ध राजधानीमा मूर्दावादको नारा

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता सुनिल शर्माविरुद्ध काठमाडौमा नाराबाजी भएको छ । उनी सञ्चालक रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि आफन्तले नारा लगाएका हुन् ।

चार दिनदेखि अस्पतालमा लगातार धर्ना दिइरहेका मृतकका आफन्तले आज नाराबाजीसहित प्रदर्शन गरेका छन् । सो क्रममा उनीहरुले ‘लाइसेन्स लिएर मान्छे मार्न पाईंदैन’, ‘हत्यारा डाक्टरलाई कारवाही गर’, ’सुनिल शर्मा मूर्दावाद’ लगायत नारा लगाएका थिए ।

एक साताअघि अस्पताल भर्ना गरिएका काठमाडौं महानगरपालिका–९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको थियो । डाक्टरले ब्रेन ट्युमरको शल्यक्रियाका क्रममा टाउकोको नसा काटेका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ । तर, अस्पतालले भने असहमति जनाउँदै आएको छ ।

टिप्पणीहरू