जापानी राजदूत आज बिहान सिंहदरबारमा

जापानी राजदूत आज बिहान सिंहदरबारमा

नेपालका लागि जापानका राजदूत परराष्ट्र सचिवसँग भेटवार्ताको निम्ति आज बिहान परराष्ट्र मन्त्रालय पुग्नुभएको छ । राजदूत कितुका युता सचिव भरतराज पौडेलसँग भेटवार्ताको लागि ११ बजे मन्त्रालय पुग्नुभएको बताइन्छ ।

उहाँहरुबीच झण्डै आधा घण्टा कुराकानी भएको हो । दुबै मुलुकको हित र चासोका विषयमा छलफल गरेपछि राजदूत युता साढे ११ बजे सिंहदरबाटर बाहिरिनुभएको हो ।

टिप्पणीहरू