सेनाको कार्यक्रममा आएका राष्ट्रसंघीय पाहुना मध्यरातमा ओर्लिए
नेपाली सेनाले संयुक्त राष्ट्र संघ दिवस मनाइरहेको छ । सेनाले हिजो र आज दुई दिन राष्ट्र संघ दिवस मनाउन विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
सेनाको निम्तोमा राष्ट्र संघीय मुख्यालयबाट आएका पाहुना गए राति पौने २ बजे काठमाडौंमा ओर्लेका छन् । राष्ट्रसंघीय महासचिवका सैनिक सल्लाहकार जनरल बिरामे डिओपलाई सेनाको कार्यक्रममा सहभागी हुन नेपाल पठाइएको बताइएको छ ।
आज नेपाली सेनाले परराष्ट्रमन्त्री डा.नारायण खड्काको प्रमुख आतिथ्यमा सेमिनार आयोजना गरेको छ । हिजो विभिन्न खेलकुद र झाँकी प्रस्तुत गरिएको थियो ।
टिप्पणीहरू