अमेरिकामा गोली चल्यो, बंगलादेशमा आँधी

अमेरिकामा गोली चल्यो, बंगलादेशमा आँधी

संयुक्त राज्य अमेरिकाको एउटा विद्यालयमा गोली काण्ड भएको छ । मिजौरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य छ जना घाइते भएपछि प्रहरीले हानेको गोलीपछि एक जना संदिग्ध मारिएका छन् ।

मारिनेमा एक वयस्क महिला र एक किशोरी हुन् । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको बताइएको छ । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेर मारेको प्रहरी कमिसनर माइक साकले बताए ।

उता बंगलादेशमा आँधीका कारण सात जनाको मृत्यु भएको छ । सित्राङ नाम दिइएको उक्त आँधीका कारण ढलेको रुखमा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो ।

राजधानी ढाका, कुमिल्ला दौलतखानको नागलकोट र भोलाको चारफेसन, नराइलको लोहागरामा आँधीबेहरीपछि ठूलो वर्षा भएको । सँगै विनाशकारी हुरी चलेपछि हजारौंलाई सुरक्षित क्षेत्रमा लगिएको बताइएको छ ।

कम्तीमा २८ हजार १५५ जना सर्वसाधारण र २ हजार ७३६ गाईवस्तुलाई हिजो साँझसम्म कक्सबजार तटबाट सुरक्षित क्षेत्रमा लगिएको हो ।

टिप्पणीहरू