चुनाव बिथोल्न कस्सियो कफन

चुनाव बिथोल्न कस्सियो कफन

राजतन्त्र फर्काउने अभियानमा रहेको कंगुरेन्ट फ्रन्ट अफ नेपाल (कफन) ले चुनाव वहिष्कारको कार्यक्रम सार्वजनिक गरेको छ । गत साउनम राष्ट्रिय भेला बोलाएर निर्वाचन बहिष्कार गर्ने नीति लिएको कफनले सोसम्बन्धी कार्यक्रम ल्याएको हो ।

सभापति दिनेशराज पाण्डेले इकाई प्रमुखहरुलाई पत्राचार गर्दै गणतान्त्रिक निर्वाचन वहिष्कारमा सशक्त भूमिका खेल्न आग्रह गरेका छन् । साउन ४ गतेको भेलाले सर्वसम्मतिमा चुनाव वहिष्कार गर्ने निर्णय गरेको स्मरण गराउँदै उनले केन्द्रीय कमाण्डले पठाएका निर्वाचन विरोधी पर्चा मङ्सिर ४ गते अगावै आम जनतासमक्ष पुर्याउन इकाई प्रमुखहरुलाई निर्देशन दिएका छन् ।त्यस्तै, समाजिक सञ्जालको भरपुर प्रयोग गर्दै चुनावको विपक्षमा जनमत बनाउन र कफनको विचार सम्प्रेषण गर्न पनि आग्रह गरिएको छ ।

टिप्पणीहरू