अमेरिकी राजदूतलाई एकै दिन भ्याइनभ्याइ, बिहान खुमलटार र सिंहदरबार,बेलुका जंगीअड्डा
प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । आज सैनिक मुख्यालय जंगीअड्डामा भेटवार्ता भएको हो ।
भेटमा दुईपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ । यस किसिमका भेटघाटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास सेनाले लिएको छ ।
र्याण्डी बेरीलाई प्रतिस्थापन गर्न केही दिनअघि मात्रै काठमाडौँ आइपुगेका राजदूत थम्पसन कूटनीतिक भेटघाटमा व्यस्त छन् । आजै उनले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँग पनि छुट्टाछुट्टै भेटघाट गरेका थिए ।
टिप्पणीहरू