निर्वाचन आयोगले दियो जापानी राजदूतलाई चुनाव अवलोकनको निम्तो
नेपालका लागि जापानका राजदूत निर्वाचन आयोग पुग्नुभएको छ । राजदूत युताका किकुता प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गर्न कान्तिपथस्थित आयोग जानुभएको हो ।
भेटमा उहाँहरुबीच दुई देशबीचको निर्वाचन प्रणाली र निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र सहकार्य बारेमा छलफल भएको जानकारी दिइएको छ ।
प्रमुख निर्वाचन आयुक्तले आगामी निर्वाचनको अवलोकन गर्न राजदूत किकुतालाई आमन्त्रण गर्नुभएको बताइएको छ ।
टिप्पणीहरू