ट्वीटरका साढे ३५ सय कर्मचारीलाई ‘घरकाज’

ट्वीटरका साढे ३५ सय कर्मचारीलाई ‘घरकाज’

विश्वका धनाढ्य एलन मस्कले स्वामित्व लिएपछि ट्विटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले ५० प्रतिशत कर्मचारी कटौती गरेको जानकारी दिएको छ ।

मस्कले लागत घटाउन ट्विटर इंकमा आधा जनशक्ति कटौती गर्ने बताउँदै आएका थिए । यसअघि उनै मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीलाई सामाजिक सञ्जालमा काम गर्न अख्तियारी प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारी समावेश छन् ।

मस्कले अक्टोबर २८ मा ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएका हुन् । त्यसपछि उनले ट्वीटरलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।

टिप्पणीहरू