भरत जंगमको जन्मोत्सवमा राष्ट्रपति प्रमुख अतिथि

भरत जंगमको जन्मोत्सवमा राष्ट्रपति प्रमुख अतिथि

राजा ज्ञानेन्द्रको शासनकालमा भ्रष्टाचारविरुध्दको अभियानकर्ता भन्दै शाही आयोगका दलीय नेताबिरोधी हर्ताकर्ता भरत जंगमको ७६औं जन्मोत्सव मनाइने भएको छ । उक्त कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा मनाइन लागेको हो ।

अभियानको २६औं वार्षिकोत्सव तथा जंगमको ७६ औं जन्मोत्सवमा सदाचार दीप सम्मान समारोह २०७९ को आयोजना गरिएको छ । सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाइएको उल्लेख छ । 

तर कार्यक्रम कहिले र कहाँ हुन लागेको भन्नेबारे उल्लेख छैन ।

टिप्पणीहरू