म्यानमारको सेनाद्वारा नेपालीभाषी युवकको हत्या

म्यानमारको सेनाद्वारा नेपालीभाषी युवकको हत्या

म्यान्मारको सैन्य ‘जुन्ता’ ले नेपालीभाषी युवकको गोली हानी हत्या गरेको छ । ‘कू’मार्फत् सत्ता हातमा लिएको सैन्य परिषद् समर्थक सशस्त्र समूह ‘प्यूसठी’ ले टमु नगरका २७ वर्षीय राजु आचार्यको गोली हानी हत्या गरेको बताइएको छ । अस्ति हत्या भएको उनको शव एक दिनपछि टमु नगरमा भेटिएको स्थानीयबासीले जनाएका छन् । 

स्थानीय युवा व्यवसायी आचार्यको साथबाट ३ करोड च्याट (त्यहाँको रकम) पनि लुटिएको उनको परिवारले जनाएको छ । म्यान्मार सेनाको संरक्षणमा सञ्चालित प्यूसठीहरू सशस्त्र लुटेरा समूहले प्रजातन्त्र सर्मथक नागरिकलाई हत्या, अपहरण, कुटपिट र लुटपाट गर्दै आएका छन् । 

लुटेरा समूहले मृतकको साथमा रहेका दुईवटा मोबाइल र एउटा मोटरसाइकल पनि कब्जामा लिएर गएको त्यहाँका नेपालीभाषीहरुले जनकारी दिएका छन् । म्यान्मारमा सन् २०२० को फेब्रुअरीमा भएको सैन्य ‘कू’ भएयता प्रजातन्त्र समर्थकमाथि हत्या हिंसाका घटना भइरहेका छन् । हालसम्म लुटेरा समूह र सेनाले पाँच जना नेपालीभाषीको हत्या गरिसकेको छ ।

टिप्पणीहरू