कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो । 

परीक्षामा सामेल हुन चाहने इच्छुकयोग्य नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका, फौजदारी अभियोगमा अदालतबाट कसूरदार नभएका, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका व्यक्तिले आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । 

आगामी पुस ४–८ गतेसम्म आवेदन दर्ता गरिसक्नुपर्नेछ । कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा माघ १६–२७ गतेसम्म सञ्चालन हुनेछ ।  दोस्रो चरणको भाषा परीक्षा भने फागुन ८–२६ गतेसम्म हुनेछ । सीप परीक्षणको पहिलो चरणको परीक्षा फागुन ३–५ र दोस्रो चरणको चैत्र १–३ गतेसम्म हुने शाखाले जानकारी गराएको छ ।a

टिप्पणीहरू