'र' प्रमुखसँग पत्रकार : अस्ति दुई जना,हिजो ऋषि धमला
नेपालमा आफ्नो प्रभाव बढाउन यहाँका विभिन्न संयन्त्रलाई चलाउने गरेको भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख राघभप्रसाद भट्नागरले विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई भेटेका छन् ।
नेपालमा नयाँ सरकार गठनका लागि प्रत्यक्ष चासो राख्दै आएको भारतीय दूतावासलाई सघाउन सक्रिय रहँदै आएका राघभले अस्ति र हिजो दुई दिन पत्रकारसँग मुलाकात गरेका हुन् । नयाँ दिल्लीबाट फर्केलगत्तै अस्ति दिउँसो ग्यालेक्सी टेलिभिजनका दुई जना पत्रकारसँग छलफल गरेका उनले हिजो अर्का पत्रकार ऋषि धमलालाई भेटेको बताइएको छ ।
लैनचौरस्थित भारतीय दूतावासमा नियमित आउजाउ गरिरहने पत्रकार धमला र 'र' प्रमुख राघभबीच हिजो बिहान ११ बजेदेखि १२ बजेसम्म गोप्य कुराकानी भएको स्रोतले बताएको छ । राघभलाई भेट्न धमला भारतीय दूतावास पुगेका थिए ।
पुस १३ गते बिहान काठमाडौंको पछिल्लो राजनीतिक अवस्थावारे जानकारी गराउन राघभ नयाँ दिल्ली गएका थिए । उनी फर्कने भनिएको मितिभन्दा दुई दिन ढिलो काठमाडौं आएका हुन् ।
टिप्पणीहरू