सांसद चन्द्र भण्डारीलाई हल्का संक्रमण, स्वास्थ्य सुधारोन्मुख

सांसद चन्द्र भण्डारीलाई हल्का संक्रमण, स्वास्थ्य सुधारोन्मुख

भारतको मुम्बईमा उपचाररत नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य सुधारोन्मुख रहेको अवस्थामा संक्रमण देखिएको छ । काठमाडौं बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर बिस्फोटपछि थप उपचारको निम्ति मुम्बई लगिएपछि उनको स्वास्थ्यमा सुधार हुँदै आएको बताइन्छ ।

तर यसबीचमा भण्डारीलाई सङ्क्रमण पुष्टि भएको पारिवारिक स्रोतले बताएको छ । उनलाई अझै पनि आइसीयू सरहको आईविसियूमा राखेर उपचार गरिएको छ । 

फागुन ३ गते राति ग्यास सिलिण्डर पड्केपछि सांसद भण्डारी र आमा हरिकला घाइते भएका थिए । घाइते दुबैलाई पहिले मीनभवनस्थित निजामती अस्पताल र त्यसपछि राति नै कीर्तिपुरस्थित अस्पताल पुर्याइएको थियो । आमा हरिकलाको भने उपचारको क्रममा फागुन ४ गते बिहान कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।

सांसद भण्डारीलाई सोही दिन साँझ काठमाडौंबाट चार्टर विमानमा राखेर मुम्बईस्थित नेशनल बर्न सेन्टर पुर्याइएको हो । पछिल्लो दुई सातादेखि उनको त्यहिँ उपचार भइरहेको छ ।

टिप्पणीहरू