सुत्केरीको मृत्युले निम्त्याएको तनाव,कुरो मिलाउन अस्पतालमा वार्ता

सुत्केरीको मृत्युले निम्त्याएको तनाव,कुरो मिलाउन अस्पतालमा वार्ता

प्रसूतिलगत्तै सुत्केरीको मृत्युपछि सिभिल अस्पतालमा तनाव भएको छ । हिजो साँझ २८ वर्षकी सुत्केरीको मृत्युपछि परिवारका सदस्यहरुले क्षतिपूर्तिको माग गरेको बताइन्छ ।

मीनभवनस्थित सिभिल हस्पिटलमा प्रसूति गराउन भर्ना भएकी अछामको रामारोशन ६ की २८ वर्षकी ललिता साउदको हिजो साँझ मृत्यु भएको थियो । शल्यक्रियाबाट प्रसूति गराइएको र नवजात शिशु स्वस्थ रहेको अवस्थामा हिजो साँझ साढे ८ बजे ललिताको मृत्यु भएको आफन्तले बताएका छन् । अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको मृतकका भाइबहिनी र नातेदारहरुले आरोप लगाएका छन् । 

उनीहरुले हिजोदेखि नै अस्पतालले सम्पूर्ण उपचार खर्च व्यहोरेर क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेका छन् । सोही विषयमा पीडित पक्ष र अस्पताल प्रशासनबीच आज दिउँसो छलफल भइरहेको अस्पताल स्रोतले बताएको छ ।
 

टिप्पणीहरू