प्रचण्डसहित माओवादी सांसदहरुको बैठक सिंहदरबारमा
नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बसेको छ । संसदको विषयगत समिति सदस्यको नाम चयन गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका सांसदहरु उपस्थित छन् ।
सभामुख देवराज घिमिरेले दलहरुसँग प्रतिनिधिसभाका विषयगत समिति सदस्यका लागि सांसदको नाम मागेपछि त्यसबारे निर्णय गर्न माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।
टिप्पणीहरू