भैरहवा जान लागेका यात्रुको झोलाभरी अमेरिकी डलर, प्रहरी सोधखोजपछि कोरियाबाट ल्याइएको जानकारी

भैरहवा जान लागेका यात्रुको झोलाभरी अमेरिकी डलर, प्रहरी  सोधखोजपछि कोरियाबाट ल्याइएको जानकारी

काठमाडौंबाट भैरहवा जान लागेका तीन जना यात्रुको साथबाट अमेरिकी डलर फेला परेको छ । दिउँसो पौने ५ बजे बुद्ध एअरको उडान नम्बर ८०१ बाट भैरहवातर्फ प्रस्थान गर्न लागेका गोविन्द पाण्डे, सरिता पौडेल र आरम्भ पाण्डेको झोलाबाट आठ हजार तीन डलर फेला परेको बताइएको छ ।

गुल्मी गोविन्द पाण्डे, सरिता पौडेल र आरभ झोलामा ती डलर फेला परेको हो । आन्तरिक विमानस्थलको हाते ब्याग एक्सरे मेसिनमा राखेपछि डलर फेला परेको बताइन्छ ।

त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । प्रारम्भिक सोधपुछमा उनीहरुमध्ये एक जना हिजो कोरियाबाट फर्केको बताइएको छ ।

टिप्पणीहरू