विद्युत उत्पादन कम्पनीलाई हाकिम चाहियो

विद्युत उत्पादन कम्पनीलाई हाकिम चाहियो

विद्युत उत्पादन कम्पनी लिमिटेडले रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको छ । कम्पनीले रिक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीले योग्यता पुगेका इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्ने जनाउँदै ४० वर्ष पूरा भएको र ६१ वर्ष ननाघेको शर्त राखेको छ । त्यसैगरी सीईओका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर गरेको र सोही विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव हुनुपर्ने विज्ञापनमा उल्लेख छ । 

अन्य पूर्वाधार क्षेत्रको कम्तीमा दुई वर्षको कार्य अनुभवसहित मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक संस्थामा पूर्णकालीन अध्यापन वा अध्ययन अनुसन्धानको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव पनि योग्यतामा तोकेको छ । 

प्रकाशित विज्ञापनमा विद्युत उत्पादन कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले देहायका शैक्षिक योग्यता, उमेर, अनुभव हासिल गरेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा यस कम्पनीको कार्यालय काठमाडौँ महानगरपालिका १०, बुद्धनगर पावर कम्पनीको भवन दरखास्त पेश गर्न भनिएको छ ।
 

टिप्पणीहरू