मुटुको भल्भ खोलेपछि राष्ट्रपति शीतल निवासमा
मुटु रोगको उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा हिजो भर्ना हुनुभएका राष्ट्रपति आज शीतल निवास फर्कनुभएको हो ।
उहाँको मुटुको दाहिनेतर्फको बन्द भल्भ हिजो खोलिएको हो । २४ घण्टापछि आज बिहान उहाँलाई आराम गर्ने सल्लाहसहित डिस्चार्ज गरिएको जनाइएको छ ।
टिप्पणीहरू