नेपाली सैनिकलाई घर बनाउन सहुलियत ऋण

नेपाली सैनिकलाई घर बनाउन सहुलियत ऋण

नेपाली सेनाका सकल दर्जाले घर कर्जाको निम्ति बैंकबाट सहुलियतपूर्ण ऋण पाउने भएका छन् । उनीहरुले चाहेमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण प्राप्त गर्नसक्ने छन् ।

यसनिम्ति सेनाले २०७८ कात्तिक २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानसँग ‘सैनिक सकल दर्जा सहुलियतपूर्ण आवाज कर्जा २०७८’ को सहमति पत्रमा हस्ताक्षर गरिसकेको  छ । जसअनुसार सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पूरा गरेका, श्रीमान वा श्रीमतीको नाममा नेपालभर आफ्नो घर नरहेका तथा सहुलियतपूर्ण शैक्षिक कर्जा र चारपाङ्ग्रे सवारीसाधन कर्जा नलिएकाहरुले सहुलियतपूर्ण आवास कर्जा पाउन सक्छन् ।

त्यसका लागि घर बनाउने जग्गा आफ्नो नाममा प्राप्त भएको मिति खुलेको हुनुपर्ने, दोस्रो पक्षबाट आवास निर्माणको क्रममा कुनै विरोध,हकदावी, मुद्दामामिलाजस्ता कार्य नगरेको अवस्थामा सहुलियत ऋणको लागि सिफारिस गरिने सेनाले जनाएको छ । 

पत्रमा भनिएको छ, ‘आवास कर्जाको लागि राजीनामाबाट आएको जग्गाको हकमा छ महिना ३५ दिन नकटेको, बकसपत्रको हकमा २ वर्ष २५ दिन र अंशबण्डाको हकमा ३ महिना हुनुपर्ने प्रावधान छ । योसँगै खरिद गरिने जग्गा,घरको हकमा थैली रकमभन्दा बढी कर्जा प्रवाह हुने छैन ।’

त्यसैगरी जीवन बीमा गर्न चाहनेलाई राष्ट्रिय बीमा संस्थानबाट बीमाको व्यवस्था गरिएको पनि सेनाले जनाएको छ ।

टिप्पणीहरू