गर्मी ठाउँमा देखिने डेङ्गु, हिमाल नजिकै फेला
विशेषगरी दक्षिणको मधेश र तराई तथा पहाडको गर्मी स्थानमा देखिने गरेको डेङ्गुका बिरामी उत्तरका हिमाली भेगमा पनि फेला पर्न थालेका छन् । रसुवाको उत्तरी भेगमा उक्त रोगका बिरामी फेला परेको बताइएको छ । झण्डै दुई हजार मिटर अग्लो भूभागमा समेत त्यस्ता बिरामी फेला परेको जिल्ला अस्पताल धुन्चेले जनाएको छ ।
रसुवाको उत्तरी भेगमा फेला परेका ती बिरामीको उक्त अस्पतालमा उपचार भइरहेको छ । जलवायु परिवर्तनको असरका कारण गर्मी स्थानमा मात्रै हुने गरेको डेङ्गु संक्रमण अहिले हिमालको फेदमा समेत देखिन थालेको बताइएको छ ।
झण्डै दुई हजार मिटर अग्लो भूभागमा समेत त्यस्ता बिरामी फेला परेको जिल्ला अस्पताल धुन्चेले जनाएको छ । रसुवाको उत्तरी भेगमा फेला परेका ती बिरामीको उक्त अस्पतालमा उपचार भइरहेको छ ।
जलवायु परिवर्तनको असरका कारण गर्मी स्थानमा मात्रै हुने गरेको डेङ्गु संक्रमण अहिले हिमालको फेदमा समेत देखिन थालेको बताइएको छ ।
टिप्पणीहरू