नेपालबाट पनि अमेरिकाले फर्कायो राजदूत

नेपालबाट पनि अमेरिकाले फर्कायो राजदूत

विश्वमा जेन जी आन्दोलन भएका, आन्दोलनको प्रयास गरिएका र आगामी दिनमा त्यस्तै आन्दोलन हुनसक्ने मुलुकका राजदूतलाई अमेरिकाले एकाएक फिर्ता बोलाएको छ । नेपाल, श्रीलंका,माडागास्कर, फिलिपिन्सलगायत मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय आफैमा अचम्मलाग्दो छ ।

अमेरिकाले एकैचोटी ३० देशमा तैनाथ   आवासीय राजदूतहरुलाई फिर्ता बोलाएको खबर बाहिरिएको छ । डोनाल्ड ट्रम्प प्रशासनले युरोप, अफ्रिका, मध्यपूर्व र दक्षिण एसियाली मुलुकबाट राजदूत फर्काएको हो ।

"केही वर्षभित्र निश्चित उमेरका युवा समूहहरुले विद्रोह गरेको भनिएका देशहरु नेपाल,श्रीलंका,फिलिपिन्स, माडागास्करलगायतका देशबाट अमेरिकाले एकैचोटी राजदूत किन फर्काएको होला ? बुझिसाध्ये छैन ।" 

त्यो लटमा बुरुन्डी,क्यामरुन,केप भर्डे, ग्याबोन,कोट द आइभोर,माडागास्कर, मौरिसस,नाइजर,नाइजेरिया,र्वाण्डा, सेनेगल,सोमालिया र युगान्डामा कार्यरत कूटनीतिज्ञहरु छन् । 

त्यस्तै एशिया प्रशान्त क्षेत्रका फिजी, लाओस,पपुआ न्यू गिनी,फिलिपिन्स, भियतनाम तथा दक्षिण एसियाबाट नेपाल र श्रीलंका पनि घानमा परेका छन्  । युरोपका आर्मेनिया,उत्तर म्यासेडोनिया,मोन्टेनेग्रो र स्लोभाकियाबाट समेत राजदूतलाई फिर्ता हुन भनिएको छ । 

केही वर्षभित्र निश्चित उमेरका युवा समूहहरुले विद्रोह गरेको भनिएका देशहरु नेपाल,श्रीलंका,फिलिपिन्स, माडागास्करलगायतका देशबाट अमेरिकाले एकैचोटी राजदूत किन फर्काएको होला ? बुझिसाध्ये छैन ।

 

टिप्पणीहरू